काठमाडौँ । भक्तपुरको चुनदेवीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–७ बस्ने ४० वर्षीय मणिराज घिमिरे छन्।सुर्यविनायक नगरपालिका–५ चुनदेवीमा घिमिरे सवार बागमती प्रदेश–०२–०३२ प ३३१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–४ घर भएका ३७ वर्षीय बिनोद प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ फागुन २०८०, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, १ घाइते
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते