एजेन्सी । इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा बाढी र पहिरोमा परी १९ जनाको मृत्यु भएको छ।
बाढी पहिरोमा परी ७ जना बेपत्ता भएका छन्। भारी वर्षाका कारण नदीमा जलप्रवाह अत्यधिक हुँदा बिहीबारदेखि नै प्राकृतिक प्रकोपले प्रान्त प्रभावित भएको प्रान्तीय विपद् व्यवस्थापनका वरिष्ठ अधिकारी मुहारिन्दो इडवानले बताए।
धेरैजसो मृतक पेसिसिर सेलाटन रिजेन्सीमा फेला परेका थिए। त्यहाँबाट १७ शव फेला परेका थिए भने बाँकी मृतकहरू परियामान रेजेन्सीमा फेला परेका छन्। बाढीबाट १६ वटा पुल भत्किएर डुबानमा परेको, सडक अवरुद्ध भएको र घर पनि बगेकाले प्रकोप प्रभावितलाई राहत वितरणमा बाधा पुगेको एजेन्सीहरुले जनाएका छन्।
प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सीको आपतकालीन एकाइका प्रमुख फजर सुकमाले शनिबार बाढी कम भए पनि हजारौँ घर डुबानमा रहेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २७ फागुन २०८०, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम
यी जिल्लामा आकस्मिक बाढीको जोखिम