एजेन्सी । इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा बाढी र पहिरोमा परी १९ जनाको मृत्यु भएको छ।
बाढी पहिरोमा परी ७ जना बेपत्ता भएका छन्। भारी वर्षाका कारण नदीमा जलप्रवाह अत्यधिक हुँदा बिहीबारदेखि नै प्राकृतिक प्रकोपले प्रान्त प्रभावित भएको प्रान्तीय विपद् व्यवस्थापनका वरिष्ठ अधिकारी मुहारिन्दो इडवानले बताए।
धेरैजसो मृतक पेसिसिर सेलाटन रिजेन्सीमा फेला परेका थिए। त्यहाँबाट १७ शव फेला परेका थिए भने बाँकी मृतकहरू परियामान रेजेन्सीमा फेला परेका छन्। बाढीबाट १६ वटा पुल भत्किएर डुबानमा परेको, सडक अवरुद्ध भएको र घर पनि बगेकाले प्रकोप प्रभावितलाई राहत वितरणमा बाधा पुगेको एजेन्सीहरुले जनाएका छन्।
प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सीको आपतकालीन एकाइका प्रमुख फजर सुकमाले शनिबार बाढी कम भए पनि हजारौँ घर डुबानमा रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २७ फागुन २०८०, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोल्पाको गैरीगाउँमा बाढी पस्यो, एक जनाको मृत्यु, ६ जना घाइते
बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द
हुम्लामा एक्कासि ठूलो वर्षासंगै ठुलो बाढी, बगायो विद्यालय
बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग