काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ ।
सरकारमा सहभागिता, इलाम- २ को उपनिर्वाचन र उम्मेदवार छनोटका विषयमा छलफल गर्न २८ फागुन सोमबारको दिउँसो १२ बजे बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
एमाले-माओवादी केन्द्र-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतको गठबन्धन बनेपछि २३ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । जसमा रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् भने डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ फागुन २०८०, १८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति