काठमाडौँ । खुम्बु पासाङल्हामु गाउँपालिकाले स्याङबोचेभन्दा माथिको क्षेत्रमा पर्वतारोहणसँग सम्बन्धित सामग्री हेलिकप्टरमा बोक्न नपाउने नियम संशोधन गरेको छ । आधार शिविर व्यवस्थापन कार्यविधि २०८० मा पहिलो संशोधन गर्दै स्थानीय सरकारले यस्तो निर्णय गरेको हो ।
यसअघि गाउँपालिकाले पर्वतारोहणमार्फत स्थानीय अर्थतन्त्रमा टेवा पुर्याउनुपर्ने भन्दै स्थानीय कामदार, याक, जोप्केको प्रयोग गरी सामग्री लैजानुपर्ने, तर हेलिकप्टरमा सामान लैजान नपाउने नियम बनाएको थियो ।यसलाई संशोधन गर्दै गाउँपालिकाले अब विशेष कारणवश स्याङबोचेभन्दा माथि हेलिकप्टर वा यातायातका अन्य साधनमार्फत पर्वतारोहण सम्बन्धी सामग्री ढुवानी गनु परे समन्वय तथा अनुगमन समितिबाट अनुमति लिएर सामग्री लैजान सक्ने गरी नियम परिवर्तन गरेको हो ।
यसअघि स्थानीय सरकारले हिमालबाट मानव मलमूत्र फिर्ता ल्याउनुपर्ने सहितका नियम बनाएको थियो । यी नियम यसै सिजनबाट कार्यान्वयन हुनेछन् । कार्यविधि संशोधन गर्दै गाउँपालिकाले यसअघि आरोहीको तोकिएको संख्या हटाएर आवश्यकता अनुसार भन्ने शब्द राखेको छ । यसअघि एक आरोहण दलमा १५ जना पर्वतारोही र तीनका सहयोगी गरी ३० जनासम्म हुनुपर्ने उल्लेख थियो ।
 
                 
                     
                                     
                    
 
                     
                                                 
                                                 
                                                _20251024072916.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ फागुन २०८०, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली