सुदूरपश्चिम सरकारमा सहभागी भएका आफ्ना मन्त्रीलाई कारबाही गर्ने रञ्जिताको चेतावनी

सफल खबर संवाददाता

शनिबार, २६ फागुन २०८०, १२ : २७
सुदूरपश्चिम सरकारमा सहभागी भएका आफ्ना मन्त्रीलाई कारबाही गर्ने रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशमा शुक्रबार राति मन्त्री बनेका सांसदलाई फिर्ता हुन निर्देशन दिएको छ । पार्टी नेतृत्वसँग सल्लाह नै नगरी प्रदेश सरकारमा सहभागी भएको भन्दै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले तत्काल फिर्ता हुन निर्देशन दिएकी हुन् ।

‘संघीय सरकारमा हामी नयाँ गठबन्धनमा सत्तापक्षको बेन्चमा बसेका छौं तर त्यहाँ साथीहरु नेतृत्वसँग सल्लाह नै नगरी मन्त्री बन्नुभएको रहेछ । मैले उहाँहरुलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएकी छु,’ अध्यक्ष श्रेष्ठले भनिन् ।

मन्त्रीबाट राजीनामा दिएर प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन निर्देशन दिए पनि पालना नगरेको भन्दै अध्यक्ष श्रेष्ठले कारबाही गर्ने चेतावनी दिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस