काठमाडौँ । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । खेलमा आज नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । खेल बिहान ११:१५ बजे सुरु हुनेछ । नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृंखला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो ।
नेपाल, हङकङ र पपुवा न्युगिनीबिच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसँग एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ ।
नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ फागुन २०८०, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले साउथ अस्ट्रेलियालाई हरायो
टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित
नर्दन टेरिटोरीसँग नेपाल ४२ रनले पराजित
नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा
‘प्रचण्ड’ र नेपालबीच आज पनि भेटवार्ता
नेपाल–भारत कानुनी सहायता सम्झौतामा सहमति, सुपुर्दगी सन्धिमा मतभेद कायमै