थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित

सफल खबर संवाददाता

शुक्रबार, २५ फागुन २०८०, १८ : ४३
थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित

काठमाडौँ । सरकारकाले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ ।

विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउने उनीहरूलाई सम्मान स्वरूप गत पुष २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गरेकोमा दुई महिनापछि उक्त नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।

प्रकाशित नामावली अनुसार सबैभन्दा बढी कालिकोटमा २७१ जना र दोस्रोमा रोल्पामा ३६९ सहिद रहेका छन् भने सबैभन्दा कम संखुवासभा, लमजुङ, उदयपुर र रसुवामा एक-एक जना मात्रै सहिद रहेका छन् । नेपाली सेनाका तीन जना, सशस्त्र प्रहरी बल नेपालका एक जना पनि सहिदको सूचीमा समेटिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस