कीर्तिपुरमा किन उड्न छाड्यो बेलुन ?

पत्रपत्रिकाबाट

शुक्रबार, २९ भदौ २०७५, ०८ : १२
कीर्तिपुरमा किन उड्न छाड्यो बेलुन ?


काठमाडौं । बिहानको ६ बज्दानबज्दै कीर्तिपुरबासी धेरैको आँखा आकाशतिर हुन्थे । बच्चाहरु त कौशीमा गएर बेलुन कहाँसम्म पुग्छ भनेर देखिन्जेल हेर्थे ।

दुई महिनासम्म कीर्तिपुरको आकाशमा उडेको बेलुन भने आजकाल नदेखिने गरेको समाचार आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

जल तथा मौसम विज्ञान विभागले मौसमको जानकारी लिन वेदर बेलुन अर्थात रेडियो सोन्ड उडान थालेको थियो ।

त्रिभुवन विश्वविद्यालय परिसरबाट असार ६ गतेबाट हरेक बिहान ५ ४५ मा बेलुन उडाउने गरिन्थ्यो ।

वायुमण्डलको मौसमी गतिविधि थहा पाउन उडाउने बेलुन अहिले प्राविधिक कारण देखाउँदै उडाउन सकेको छैन ।

तीन हप्तायता बेलुन उड्न छोडेपछि कीर्तिपुरवासीलाई समेत बेलुन नउडेकोमा कौतुहल छ ।

बेलुन उडउन हाइड्रोजन ग्यासको आवश्यकत हुन्छ । यस ग्यास उत्पादन गर्ने मेसिन हाइड्रोजन जेनेरेटरमा समस्या देखिएपछि बेलुन उडान बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस