पशुपति मन्दिरमा सशस्त्रको स्वास्थ्य सेवा

सफल खबर संवाददाता

शुक्रबार, २५ फागुन २०८०, ११ : १६
पशुपति मन्दिरमा सशस्त्रको स्वास्थ्य सेवा

काठमाडौँ । महाशिवरात्रिको अवसरमा सशस्त्र प्रहरीले पशुपतिनाथ मन्दिर परिसरमा स्वास्थ्य सेवा सञ्चालन गरेको छ । दर्शनार्थीहरुको सुविधाका लागी हेल्पडेस्क स्थापना गरेर स्वास्थ्य सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले बताए ।

बिहीबारबाट सशस्त्रले पाशुपत क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन सुरु गरेको हो । सामान्य स्वास्थ्य समस्या भएकाहरूलाई पशुपति मन्दिर परिसरमा र थप उपचार गर्नुपरेमा एम्बुलेन्समार्फत बलम्बुस्थित एपिएफमा पठाइने छ ।

महाशिवरात्रि मेला अवधिमा पशुपतिमा १ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस