पूर्वराजा ज्ञानेन्द्र परिवार सहित थाइल्याण्ड जाँदै

पत्रपत्रिकाबाट

शुक्रबार, २९ भदौ २०७५, ०८ : ०९
पूर्वराजा ज्ञानेन्द्र परिवार सहित थाइल्याण्ड जाँदै


काठमाडौं ।   पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि आज (शुक्रबार) फेरि थाइल्याण्ड जाने भएका छन् ।

थाइल्याण्डबाट उनी श्रीलंका र भारतको मुम्बई जाने कार्यक्रम तय भएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

दुई साता थाइल्याण्ड बसी श्रीलंका जाने तयारीमा रहेका पूर्वराजा रानीको थाइल्याण्ड भ्रमणको बन्दोबस्त मिलाउन बुहारी हिमानी बिहीबार थाइल्याण्ड गइसकेकी छन् ।

हिमानीका निजी सचिव स्मिता सिंह, पूर्वराजाका सहयोगी, हस्तबहादुर मल्ल, केही भान्छे, सुसारे र नानीसहित करिब डेढ दर्जन टोलीका साथ हिमानी थाइल्याण्ड गएकी हुन् ।

स्रोतका अनुसार श्रीलंका र भारतमा उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस