विदेशमा उपचार गर्नेले राज्यकोषबाट पैसा नपाउने

पत्रपत्रिकाबाट

शुक्रबार, २९ भदौ २०७५, ०७ : ४६
विदेशमा उपचार गर्नेले राज्यकोषबाट पैसा नपाउने

काठमाडौं । देशका विशिष्ट पदमा रहेका व्यक्तिहरू सामान्य रोगको उपचार गर्न पनि विदेश धाउने र राज्यकोषको लाखौँ खर्च गर्ने परिपाटी अन्त्य हुने भएको छ ।  

विदेशमा उपचार गर्दा लाग्ने खर्च राज्यकोषबाट नव्योहर्ने व्यवस्था गरिएको विधेयक बिहीबार प्रतिनिधिसभामा पेश भएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

संसदीय समितिले जुटाएको सहमतिअनुसार विधेयक ‘फुल हाउस’बाट पारित भए विशिष्ट ओहोदामा रहेका पदाधिकारीदेखि सर्वसाधारणले विदेशमा गरेको उपचार खर्च राज्य कोषबाट पाउने छैनन् ।

विधेयक शुक्रबार पारित गर्ने संसद् सचिवालयको कार्यसूची छ । संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक कार्यान्वयन गर्न सरकारले ल्याएको विधेयक संशोधन गर्दै संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा भएको उपचार खर्च राज्यकोषबाट नबेहोर्नै सहमति जुटाएको थियो ।

प्रतिक्रिया दिनुहोस