सरकारी जग्गा मिचेर बनेका संरचनामा पोखरा महानगरले चलायो डोजर

सफल खबर संवाददाता

विहीबार, २४ फागुन २०८०, १३ : ५१
सरकारी जग्गा मिचेर बनेका संरचनामा पोखरा महानगरले चलायो डोजर

पोखरा । सरकारी जग्गा मिचेर निर्माण भएको संरचनामा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । पोखरा २ बेसी मार्गमा सरकारी जग्गामा व्यक्तिले संरचना बनाएपछि वडा कार्यालयको समन्वयमा डोजर लगाइएको हो ।

सरकारी जग्गा मिचेर बनाइएका १ सय मिटर क्षेत्रको अस्थायी संरचना हटाइएको वडाध्यक्ष दिवसमान प्रधानाङ्गले जानकारी दिए । ‘वर्की चौतारादेखि लाभिन रेसिडेन्सियल स्कुलसम्म सार्वजनिक जग्गा मिचेर व्यक्ति र विद्यालयले वाल निर्माण गरेका थिए’, उनले भने, ‘जिल्ला नापी कार्यालय कास्कीको फिल्ड बुकमा यस स्थानमा सार्वजनिक बाटो कायम छ ।

सरकारी जग्गामा निर्माण भएका अस्थायी संरचना हटाउन सूचना प्रकाशित गरिए पनि नहटाएपछि हामीले नै हटाएका हौँ ।’संरचना हटाइएको ठाउँमा महानगरले सडक निर्माण गर्ने जनाएको छ । सडक निर्माणको प्रक्रिया अघि बढिसकेको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस