काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको सरकारलाई कमजोर र असफल हुने छुट नभएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सदनमा आसनहरू परिवर्तन भएपनि भूमिका र जबाफदेहिता नफेरिएको भन्दै सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रा आसनहरू परिवर्तन भएका छन्, भूमिकाहरु परिवर्तन भएका छन् तर जबाफदेहिता हाम्रो फेरिएको छैन् । जनताप्रतिको कर्तव्यमा परिवर्तन भएको छैन् । त्यस कारण यो सरकारले देश र जनतालाई केन्द्रमा राख्नुपर्छ । विकास, समृद्धि, सुशासन र सामाजिक न्यायलाई लक्ष्य बनाएर काम गर्नुपर्छ । यो सरकालाई कमजोर हुने, असफल हुने छुट छैन् । जनताको हितमा काम गर्ने सामर्थ्य राख्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेद्वारा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
एमालेले गर्यो प्रदेश कमिटी र विभागमा मनोनयन, को-को परे ? (सूचीसहित)