काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको सरकारलाई कमजोर र असफल हुने छुट नभएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सदनमा आसनहरू परिवर्तन भएपनि भूमिका र जबाफदेहिता नफेरिएको भन्दै सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रा आसनहरू परिवर्तन भएका छन्, भूमिकाहरु परिवर्तन भएका छन् तर जबाफदेहिता हाम्रो फेरिएको छैन् । जनताप्रतिको कर्तव्यमा परिवर्तन भएको छैन् । त्यस कारण यो सरकारले देश र जनतालाई केन्द्रमा राख्नुपर्छ । विकास, समृद्धि, सुशासन र सामाजिक न्यायलाई लक्ष्य बनाएर काम गर्नुपर्छ । यो सरकालाई कमजोर हुने, असफल हुने छुट छैन् । जनताको हितमा काम गर्ने सामर्थ्य राख्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हाम्रो कार्यक्रम कसैको विरोधमा होइन : एमाले
राइड सेयरिङको भाडादरको विषय संसद्मा उठ्यो
एमालेले भन्यो- डा.बद्री केसी नेतृत्वको एनआरएनए नै वैध हो, परराष्ट्र मन्त्रीको निर्णय अवैध
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले
एमाले र भारतबीच तनाव सृजना गर्ने षड्यन्त्र भइरहेको छः एमाले
नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउन पार्टी र सरकार प्रतिबद्ध : नेकपा एमाले