खल्ती र गरिमा विकास बैंकबिच डिजिटल रूपान्तरणका लागि सम्झौता

सफल खबर संवाददाता

विहीबार, २४ फागुन २०८०, १२ : ०९
खल्ती र गरिमा विकास बैंकबिच डिजिटल रूपान्तरणका लागि सम्झौता

काठमाडौँ । डिजिटल वालेट खल्ती र गरिमा विकास बैंक लिमिटेडबिच डिजिटल भुक्तानीका लागि रणनीतिक सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत अब गरिमा विकास बैंकका ग्राहकहरूले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्ने भएका छन् ।

यो साझेदारी सँगै गरिमा विकास बैंकका ग्राहकहरूले बिना झन्झट स्मार्टबैंक एप– गरिमा डिजिटल बटुवा बाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् र आफूलाई आवश्यक पर्ने सेवा खल्ती मार्फत लिन सक्नेछन् ।

ग्राहकहरूले खल्ती प्रयोग गरि सहजै मुभी , इभेन्ट लगायतको टिकट खरिद सँगै  बिल भुक्तानी र अरू थुप्रै सुविधाहरूको लाभ उठाउन सक्नेछन् ।  बैंक बाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै ग्राहकहरूले खल्ती बाट गरिमा विकास बैंकको खातामा सजिलै पठाउन पनि सक्नेछन्। 

प्रतिक्रिया दिनुहोस