एजेन्सी । रुसी सेनामा भर्ती भएका एक भारतीय नागरिकको मृत्यु भएको छ।
बीबीसी हिन्दीले तस्बिरसहित प्रकाशन गरेको समाचारअनुसार रुसमा मोहम्मद अफसान नामका भारतीय नागरिकको मृत्यु भएको हो।
रुसस्थित भारतीय दूतावासले ट्विटरमा लेखेको छ, ‘हामीले भारतीय नागरिक श्री मोहम्मद अफसानको दुःखद मृत्युको बारेमा थाहा पायाँ। हामी उनको परिवार र रुसी प्रशासनसँग सम्पर्कमा छौँ। हामी उनको शव भारत पठाउने प्रयासमा छौँ।’
यसअघि पनि इजरायलमा हिजबुल्लाहको आक्रमणमा एक भारतीयको मृत्यु भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। सोही हमलामा दुई भारतीय घाइते भएका छन्। तीनै जना भारत केरलाका बासिन्दा भएको बताइएको छ।
रुसमा एक भारतीयको मृत्युको खबर यस्तो बेला आएको हो, जतिबेला भारतबाट प्रकाशन हुने अंग्रेजी पत्रिका द हिन्दुले आफ्नो रिपोर्टमा केही भारतीयलाई रोजगारीको बहानामा रुस लगिएको र त्यसपछि रुसी सेनामा भर्ती गरिएको दाबी गरेको थियो।
यस रिपोर्टपछि भारतीय विदेश मन्त्रालयले यस विषयमा रुस सरकारसँग छलफल भइरहेको र ती व्यक्तिलाई फिर्ता ल्याउने काम भइरहेको बताएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २४ फागुन २०८०, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवनमा स्कुटर दुर्घटनामा परि दुई जनाको मृत्यु
सर्पको डसाइबाट बालकको मृत्यु
विद्युत् पोलमा काम गरिरहेका बेला करेन्ट लागेर युवकको मृत्यु
मानव सेवा आश्रममा आश्रितको मृत्यु