एजेन्सी । रुसी सेनामा भर्ती भएका एक भारतीय नागरिकको मृत्यु भएको छ।
बीबीसी हिन्दीले तस्बिरसहित प्रकाशन गरेको समाचारअनुसार रुसमा मोहम्मद अफसान नामका भारतीय नागरिकको मृत्यु भएको हो।
रुसस्थित भारतीय दूतावासले ट्विटरमा लेखेको छ, ‘हामीले भारतीय नागरिक श्री मोहम्मद अफसानको दुःखद मृत्युको बारेमा थाहा पायाँ। हामी उनको परिवार र रुसी प्रशासनसँग सम्पर्कमा छौँ। हामी उनको शव भारत पठाउने प्रयासमा छौँ।’
यसअघि पनि इजरायलमा हिजबुल्लाहको आक्रमणमा एक भारतीयको मृत्यु भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। सोही हमलामा दुई भारतीय घाइते भएका छन्। तीनै जना भारत केरलाका बासिन्दा भएको बताइएको छ।
रुसमा एक भारतीयको मृत्युको खबर यस्तो बेला आएको हो, जतिबेला भारतबाट प्रकाशन हुने अंग्रेजी पत्रिका द हिन्दुले आफ्नो रिपोर्टमा केही भारतीयलाई रोजगारीको बहानामा रुस लगिएको र त्यसपछि रुसी सेनामा भर्ती गरिएको दाबी गरेको थियो।
यस रिपोर्टपछि भारतीय विदेश मन्त्रालयले यस विषयमा रुस सरकारसँग छलफल भइरहेको र ती व्यक्तिलाई फिर्ता ल्याउने काम भइरहेको बताएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २४ फागुन २०८०, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
पोखरीमा डुबेर युवकको मृत्यु
माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु