काठमाडौँ । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभर हडपिएको सरकारी सम्पति फिर्ता गर्ने आफ्नो पहिलो काम हुने बताएका छन् । बुधबार राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरवार पुगेर मन्त्री लामिछानेले पद बहालीपछि गृहमन्त्रालयमा धेरै चुनौती रहेको भन्दै आफ्नो पहिलो काम हडपिएका सरकारी सम्पत्ति सरकारको मातहतमा ल्याउने बताएका हुन् । त्यसका लागि उनले सुक्ष्म अनुसन्धान गर्नुपर्ने आवश्यकता जरुरी रहेको र सोहीअनुसार अपराध अनुसन्धानमा खटिन मातहतका कर्मचारीहरुलाई निर्देशन दिए ।
उनले आफ्नो मन्त्रालय मातहतका कर्मचारी र आफ्नो समेत कार्यशैलीमा परिवर्तन गर्ने बताउँदै काविल र क्षमतावान कर्मचारीलाई अवसर दिइने बताए । अपराधीलाई बचाएर नभई समाएर प्रमोशन गरिने भन्दै उनले आफ्नो ध्यान शान्ति सुरक्षा र अपराध नियन्त्रणमा रहने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, २१ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको पक्षमा २० लाख हस्ताक्षर र ४४ लाख चन्दा संकलन
रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन्- राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाएँ
रवि लामिछानेलाई मनिषाको समर्थन
रास्वपाको उदयबाट अत्तालिएकाले मलाइ सिध्याउन भयानक षड्यन्त्र रचे: रवि लामिछाने
रवि लामिछानेको बचाउमा हस्ताक्षर संकलन गर्दै मनायो रास्वपाले स्थापना दिवस
रविसहित २९ जनाविरुद्ध मुद्दा दर्ता