मुलुकलाई समृद्ध बनाउन सुशासन र तीव्र आर्थिक विकासमा जोड दिइएको छ : प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, २८ भदौ २०७५, १९ : ०१
मुलुकलाई समृद्ध बनाउन सुशासन र तीव्र आर्थिक विकासमा जोड दिइएको छ : प्रचण्ड

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र निर्माण गर्ने ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अघि बढ्ने बताएका छन् ।  

बिहिबार काठमाडौंमा लेखनाथ न्यौपानेद्धारा लिखित ‘संघर्षको इतिहास’ नामक पुस्तक विमोचन गर्दै उनले आफ्नो पार्टी र सरकारका निम्ति मुलुकलाई समृद्ध बनाउने चुनौती रहेको पनि बताए ।  अध्यक्ष ‘प्रचण्डले मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प पूरा गर्न सुशासन र तीव्र आर्थिक विकासमा जोड दिइएको बताए ।

उनले समाजमा विद्यमान चुनौतिलाई सामना गरेर भोलिको नेपाल निर्माण गर्ने अभियानमा जुटन पनि युवाहरुलाई आह्वान गरे ।
 

 

प्रतिक्रिया दिनुहोस