काठमाडौं । लुम्बिनी प्रदेशबाट पनि माओवादीका मन्त्रीहरूलाई बर्खास्ती गरिएको छ। बुधबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका हुन्। मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसी नमुनालाई बर्खास्त गरेका हुन्।
यसअघि केन्द्रको गठबन्धन फेरिएसँगै गण्डकी र सुदूरपश्चिम प्रदेशबाट मंगलबार नै माओवादीका मन्त्रीहरू बर्खास्ती भइसकेका छन्। यी दुई प्रदेशमा माओवादीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेको छ। बागमती प्रदेशबाट पनि कांग्रेसका मन्त्रीहरूले आजै सामूहिक राजीनामा दिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ