सेन्ट्रल कलेजबाट रि एप्लाई गरेका २१ विद्यार्थीले पाए सिओई

सफल खबर संवाददाता

मंगलबार, २२ फागुन २०८०, २० : ०६
सेन्ट्रल कलेजबाट रि एप्लाई गरेका २१ विद्यार्थीले पाए सिओई

चितवन । सेन्ट्रल कलेजबाट जापानमा उच्च शिक्षा अध्ययनका लागि रि अप्लाई गरेका २१ जना विद्यार्थीले एकैपटक जापान जाने अवसर प्राप्त गरेका छन । रि एप्लाई प्रोसेस गरेका उनिहरुले एकैपटक ब्याजलर अध्ययनका लागि अनुमति (सिओई) पाएको कलेजले जनाएको छ । कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले बैंक ब्यालेन्स तथा स्टेटमेन्टमा डाउट देखिएका कारणले विभिन्न समयमा जापानका विभिन्न कलेज युनिभर्सिटी र सहरबाट रिजेक्ट भएकाहरु सेन्ट्रल कलेजको रि एप्लाई मार्फत भिजा प्राप्त गर्न सफल भएको बताए ।

उनले रि एप्लाई बाट जापान जान सकिने भएपनि बैंक रिजनबाट रिजेक्सन भएकाहरुको भिजा लाग्नु कलेजको महत्वपूर्ण सफलता भएको बताए । उनले भने, बैंक रिजनका कारण रिजेक्ट भिजाहरु रि एप्लाई गर्दा पुनः भिजा प्राप्त गर्न सकिदैन भन्ने मान्यता स्थापित भएको थियो तर अहिले सेन्ट्रल कलेजले एकैपटक यतिधेरै विद्यार्थीको भिजा लगाएर गलत सावित गरिदिएको छ । उनले कलेजमा भाषा कक्षा र भिजा प्रोसेसिङमा आउने विद्यार्थीलाई विभिन्न उपाय मार्फत भिजा प्राप्त गर्ने वातावरण गराउने र उच्च शिक्षाका लागि जापान पठाउने गरको जानकारी दिए। कलेजले अहिलेसम्म सयौं विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि जापान पठाइसकेको प्रिन्सिपल पौडेलले बताए ।

कलेजले नागासाकी इन्टरनेशनल युनिभर्सिटी, निसिक्युसु युनिभर्सिटी सागा, स्टएशिया युनिभर्सिटी तोवा र नागासाकी जुनियर लगायतका कलेजहरुमा डाइरेक्ट ब्याजलरका लागि अप्लाइ गरिरहेको कलेजले जनाएको छ । यस्तै कलेजले अक्टोबर इन्टेक २०२४ मा जापानमा भाषा कोर्ष र डाइरेक्ट ब्याजलर अध्ययनका लागि जान चाहानेहरुका लागि नयाँ भर्ना खुलेको पनि जानकारी दिएको छ ।