“११% एनआईसी एशिया ऋणपत्र २०८२/८३”मा २ अर्व ६० करोड आवेदन

सफल खबर संवाददाता

विहीबार, २८ भदौ २०७५, १४ : ३२
“११% एनआईसी एशिया ऋणपत्र २०८२/८३”मा २ अर्व ६० करोड आवेदन

काठमाडौं । एनआईसी एशिया बैंकद्वारा यही भाद्र २१ मा विक्री खुला गरेको १ अर्ब ८३ करोड बराबरको “११% एन आई सी एशिया ऋणपत्र २०८२/८३” मा व्यक्तिगत तथा संस्थागत लगानिकर्ताहरुबाट आवेदन परेको छ । ७ वर्षको अवधिमा परिपक्व हुने यस ऋणपत्रको व्याज दर ११% रहेको छ ।

प्रति ऋणपत्र १,००० अंकित मुल्यका १८,३०,००० कित्ताले हुन आउने १,८३,००,००,००० मध्ये १ अर्ब ४६ करोड ४० लाख बराबरको ऋणपत्र विभिन्न व्यक्ति वा संघ संस्थालाई व्यक्तिगत तवरबाट विक्री खुला गरिएकोमा  भाद्र २७ सम्ममा करीब २ अर्ब १६ करोड (१४८ प्रतिशत) को आवेदन प्राप्त भएको बैंकले जनाएको छ ।

जुन माग गरिएको भन्दा ४८ प्रतिशतले बढी रहेको र त्यसै गरी ३६ करोड ६० लाख बराबरको ऋणपत्र सर्वसाधारणका लागि विक्री खुला गरिएकोमा भाद्र २७ सम्ममा करीब ४४ करोड (१२० प्रतिशत) आवेदन परेको बैंकले बताएको छ ।

जुन माग गरिएको भन्दा २० प्रतिशतले बढी रहेको र दुवै तर्फ गरी कुल करीब २ अर्ब ६० करोड (१४२ प्रतिशत माग गरिएको भन्दा ४२ प्रतिशतले बढी) को उत्साहजनक आवेदन प्राप्त भएको हो । जारी ऋणपत्र द्वितिय बजारमा खरीद विक्रीको लागि सूचिकृत हुनेछ ।

नेपालको पूँजीबजारमा हाल बैकिङ्ग क्षेत्र, बिमा क्षेत्र, जलविद्युत क्षेत्र तथा केही उत्पादनशिल क्षेत्रका शेयरको कारोबारकोे उपस्थिति उल्लेखनीय रहेको भएतापनि ऋणपत्रको कारोबार भने लगभग नगन्य रहेको र ऋणपत्रको कारोबारलाई विकसित मुलुकहरुमा रहेको चलायमान ऋणपत्र बजार अनुरुप थप विकसित र प्रभावकारी गर्न बैंकद्वारा जारी गरिएको उक्त ऋणपत्रले थप टेवा पुर्याउने अपेक्षा बैंकको छ ।

यस्ता दीर्घकालिन ऋणपत्रहरुले व्याजदरको उतारचढाव सम्बन्धी हाल बिद्यमान अवस्था र बैंकिङ्ग क्षेत्रमा बिकराल समस्याको रुपमा रहेको एसेस्ट लियाविलिटी र म्याचुरीटी मिसम्याचलाई केहि हदसम्म सम्बोधन गर्ने र दीर्घकालीन डेब्ट इन्स्ट्रुमेन्टको अभावमा बैंक तथा वित्तीय संस्थाहरुले हाल भोगिरहेको छोटो अवधिको निक्षेपबाट लामो अवधिको कर्जा प्रदान गर्दा उत्पन्न भएको एसेस्ट लियाविलिटी र स्टक्चरल मिसम्याचको अवस्थामा केहि हदसम्म भएपनि राहत दिनेछ ।

सो बाट दीर्घकालिन रुपमा बैंक तथा वित्तीय संस्थाहरुको पूँजीको अवस्था अझ सुदृढ हुँदै जाने अपेक्षा बैंकहरुको छ । साथै उक्त तथ्यङ्कहरुलाइ मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा अझ थप आकर्षक प्रतिफल रहने गरी विभिन्न भुक्तानी अवधिका ऋणपत्रहरु सम्पूर्ण लगानीकर्ताहरु माझ लिएर आउने प्रतिवद्वता पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस