सत्तारुढ गठबन्धनको बैठक किन भयो स्थगित ?

सफल खबर संवाददाता

सोमबार, २१ फागुन २०८०, ०८ : ४६
सत्तारुढ गठबन्धनको बैठक किन भयो स्थगित ?

काठमाडौँ । सोमबार बिहान बस्ने भनेको सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ  ।

वर्तमान कांग्रेस नेतृत्वको सत्ता गठबन्धन विघटनतर्फ अघि बढेको श्रोतको भनाइ छ । 

यता, कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि केहीबेरअघि बालुवाटार पुगेका छन् । 

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले गठबन्धनको बैठक स्थगित भएको भन्दै राजनीतिक नयाँ कोर्सको सुरु हुन लागेको बताए ।

गएराती माओवादी र एमालेसहितका दलहरुबीच संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेपछि वर्तमान सत्ता गठबन्धन विघटनउन्मुख बनेको हो । 

प्रतिक्रिया दिनुहोस