‘साली कस्को भेनाको’ भोलीदेखि सिनेमा घरमा

सफल खबर संवाददाता

विहीबार, २८ भदौ २०७५, १४ : १७
‘साली कस्को भेनाको’ भोलीदेखि सिनेमा घरमा

चितवन : प्रर्दशनको अन्तिम तयारीमा चलचित्र ‘साली कस्को भेनाको’ टोली बिहिबार चितवन आईपुगेको छ ।

भोली भदौ २९ गते देशभर एक साथ चलचित्र प्रर्दशनमा आउन लागेको पत्रकार सम्मेलन मार्फत फिल्म युनिटले जानकारी दिएको छ ।
हाँस्य जनरामा निर्माण भएको चलचित्रमा श्रीमान विदेश भई स्वदेशमा रहेकी श्रीमतीको मनोविज्ञानलाई समेटेर फिल्ममा प्रस्तुत गर्न खोजीएको छ ।
फिल्मका प्रस्तुतकर्ता प्रसाद श्रेष्ठले फिल्ममा नायिकालाई मुख्य भुमिकामा देखाईएको जानकारी दिनुभयो । 
फिल्मको निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो, काजीमान श्रेष्ठ बिशाल, कमला भट्टराई र मुक्ति अधिकारी छन् भने भद्र भुजेलले निर्देशन गरेका हुन् ।
चलचित्रमा बिल्सन बिक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, बिरेन श्रेष्ठ, पुष्प आचार्यलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस