सत्तारुढ गठबन्धनको बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, २१ फागुन २०८०, ०७ : ४७
सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक सोमबार बिहान बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार बिहान ८ बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाइएकाे हाे । 

बैठकमा मन्त्रिपरिषद् हेरफेर, टीआरसी विधेयक, राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस विषयमा पार्टीका मन्त्रीहरुसँग आइतबार साँझ छलफल समेत गरेका थिए । 

यसैबिच परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण एकाएक रद्द भएको छ । ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस