काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले निजीकरणका नाममा नेपालका उद्योग र उद्यमी दुवै सकाएको टिप्पणी गरेका छन् ।देशको आर्थिक अवस्थाबारे आइतबार विज्ञहरुसँगको छलफलमा अध्यक्ष ओलीले निजीकरणका नाममा निजी क्षेत्रलाई समेत सिध्याएको बताएका हुन् ।
‘कांग्रेसले कमिसनतन्त्रका कारण निजी क्षेत्रलाई समेत भ्रष्ट बनाइदियो’, ओलीले भने, ‘जसले गर्दा उनीहरुले पनि चलाउनका लागि किनेनन् । वाँसबारी छालाजुत्ता कारखाना चलाउनका लागि किनेनन् । हेटौडा कागज कारखाना चलाउन किनेनन् ।’
उनले ती उद्योगहरु जमिनका लागि किनेर कमिसनको फोहोरी खेल भएको बताए । उनले अहिले एमाले निजी क्षेत्रलाई विकासको इन्जिन बनाउन चाहेको भन्दै निजी क्षेत्रलाई भ्रष्टाचारको माध्यम बनाएर उद्यमशीलता नबढ्ने बताए ।
‘हामीले उद्यम, उद्यमशीलता होइन, अरू देशबाट ल्याएर यहाँ बेच्नेमात्रै, गाडीदेखि साइकल र सियो पनि बाहिरबाट ल्याउने । डिलरसिपमा प्रेरित गरिरहेका छौ’, ओलीले यस्तो प्रवृत्तिबाट देशको उन्नति नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० फागुन २०८०, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविविरुद्ध फैसला सुनाउन काँग्रेसका सांसद न्यायाधीश होइनन् : केपी ओली
आफ्नै देशको नक्सा राखेर नयाँ नोट छाप्न लागेको हो, कसैले टाउको दुखाउनु पर्दैन : केपी ओली
पूर्वाधार विकासमा धेरै ठुला सफलता प्राप्त भैसकेका छन् : अध्यक्ष ओली
सुकुम्बासी बस्तीमा डोजर चलाएर होइन, एउटा फ्लाट दिएर समस्या समाधान गरौं: अध्यक्ष ओली
इलामको विजय र्यालीमा ओली– सुहाङलाई राजकुमार भन्नेलाई जनताले देखाइदिए
गोदावरीमा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक, अध्यक्ष ओलीले गरे उद्घाटन