काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऊर्जा सम्बन्धी नीति मन्थन गर्ने भएको छ। सोमबार काठमाडौँस्थित पर्यटन बोर्डको सभा हलमा नीति मन्थन गर्ने रास्वपाले जनाएको हो । ऊर्जा मन्थनमा तीन वटा सत्र छुट्टाइएको पार्टीको ऊर्जा नीति कार्यदलले जानकारी दिएको छ।
पहिलो सत्रमा ऊर्जा विकासका वर्तमान चुनौतीका बारेमा मन्थन हुनेछ। जसमा त्रिरत्न बज्राचार्य, रामप्रसाद धिताल, कुशल गुरुङ, सुमन जोशी र अरनिको पाँडे विज्ञका रूपमा रहेनछन्। यो सत्रको सहजीकरण विकास थापाले गर्नेछन्।
दोस्रो सत्र बदलिँदो परिवेशमा आवश्यक ऊर्जा नीति र संसद्मा प्रस्तावित विद्युत् विधेयकबारे हुने रास्वपाले जनाएको छ । जसमा सोमलाल सुवेदी, तारानाथ सापकोटा, शेरसिंह भाट, पूर्ण परियार, प्रकाश दुलालले आ(आफ्ना धारणा राख्नेछन्।
यस सत्रको सहजीकरण सांसद साेबिता गौतमले गर्नेछिन्। अन्तिम सत्रमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र जनमत पार्टीका अध्यक्ष सिके राउतले धारणा राख्ने कार्यक्रम छ । समापन सत्रमा पार्टीका सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले पनि धारणा राख्नेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० फागुन २०८०, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति