७ महिनामा १८ अर्बको विद्युतीय गाडी नेपालमा

सफल खबर संवाददाता

आइतबार, २० फागुन २०८०, ०८ : ०३
७ महिनामा १८ अर्बको विद्युतीय गाडी नेपालमा

काठमाडौ । पछिल्लो समय बजारमा विद्युतीय गाडीको आकर्षण बढ्दै गएको छ ।

विद्युतीय गाडीको प्रवर्धन गर्ने सरकारको नीतिसँगै डिजेल, पेट्रोलबाट चल्ने गाडीको तुलनामा सस्तो पर्ने हुँदा उपभोक्ताको रोजाइमा विद्युतीय सवारी पर्न थालेको हो । 

बजारमा विद्युतीय गाडीको माग बढ्दा आयातमा समेत वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) १८ अर्ब ४६ करोड ५६ लाख ६१ हजार रुपियाँ बराबरको विद्युतीय सवारीको आयात भएका छन् ।

गत वर्ष सो अवधिमा १५ अर्ब ७५ करोड ९५ लाख १५ हजार रुपियाँ बराबरको आयात भएको थियो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस