काठमाडौं । नेपाली कांग्रेसले चितवनमा १२ फागुनमा आफू बस्ने होल्टलको कोठामा १४ वर्षकी बालिका मृत भेटिएको घटनाको अनुसन्धान गर्न माग गरेको छ । चितवनको रत्ननगर नगरपालिका-१० स्थित शिशु निकेतन बोर्डिङ स्कूलकी १४ वर्षीया छात्रा शालीन पोखरेलको होस्टलमा भएको मृत्यु शंकास्पद भएको भन्दै कांग्रेसले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेको हो ।
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति निकालेर भनेका छन्, ‘विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाई आफैंमा अत्यन्तै दुःखद त भएको छ नै झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसपछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै गम्भीर छ ।’
यो घटनामा सत्य, तथ्य बाहिर ल्याएर दोषीलाई हदैसम्मको कारबाहीका लागि कांग्रेसले सरकारसँग माग गरेको छ । गोरखाको अजिरकोट गाउँपालिका-५ घर भएकी शालीन शिशु निकेतन विद्यालयको छात्राबासमा बसेर पढ्दै थिइन् । छोरीको हत्या भएको हुनसक्ने आशंका गर्दै उनको बाबुले विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र होस्टल वार्डेनविरुद्ध किटानी जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धानका लागि प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र वार्डेन कमल शर्मा पौडेललाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
हेर्नुहोस् विज्ञप्ति
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ फागुन २०८०, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङदेन र अमरेशकुमार सिंहले लगाएको आरोप पुष्टि गर्न काँग्रेसको चुनौती
प्रवक्ता महतद्वारा कस्मिरमा हिन्दुमाथि भएको हमलाको निन्दा
यसरी पक्राउ परिन् कांग्रेस सांसद माया राई
कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन
नेपालले वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ छैन: काँग्रेस
निजामती ऐन बनाउन धेरै समय लागेको भन्दै सांसद थानीले गराए संसदीय समितिको ध्यानाकर्षण