बुटवल । लुम्बिनी प्रदेश सभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने भएका छन् ।
तेस्रो अधिवेशनको दोस्रो बैठकलाई आज दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए
प्रधानमन्त्री आउने भएपछि प्रदेश सभा भवन परिसर क्षेत्रमा सरसफाइ देखी आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत आदर्श नमुना माध्यमिक विद्यालय परिसर क्षेत्रमा ओर्लने र त्यहाँबाट सिँधै प्रदेश सभामा पुगेर प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यसपछि प्रदेशका मुख्यमन्त्री, सभामुख लगायत प्रदेशका मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । यो भेटपछि प्रचण्डले राप्ती गाउँपालिकाको सभाहलमा आयोजित नेकपा माओवादी केन्द्रको जिल्ला स्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ फागुन २०८०, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद