काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गत सोमवार निधन भएका भजन शिरोमणि वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको स्वरमा रहेको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अद्भूत तथा अनुपम भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले स्वर्गीय आचार्यको शोकाकुल परिवारलाई शुक्रबार समवेदना सन्देश पठाउँदै उक्त कुरा भनेका हुन् । ‘भजनशिरोमणिको उपाधि पाउनुभएका भक्तराज नेपाली गीतसङ्गीतको आकाशमा बिर्सनै नसक्ने नाम हो, जसको स्वरको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अद्भूत तथा अनुपम थियो’ समवेदना सन्देशमा भनिएको छ।शास्त्रीय सङ्गीतको तत्वलाई आधुनिक गीतसङ्गीतमा मिश्रण गर्ने भक्तराजको क्षमताले यो क्षेत्रमा उनको बेग्लै पहिचान बनेको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।
‘कैयौँ भजन, देशभक्ति, आधुनिक र बालगीतमा स्वर तथा सङ्गीत दिएर नेपाली गीतसङ्गीतलाई विशिष्ट उचाइमा पुर्याउन उहाँले पुर्याउनुभएको योगदान अतुलनीय छ’, समवेदना सन्देशमा उल्लेख छ ।
जति चोट दिन्छौं देऊ मायालु..., मुटु जलिरहेछ..., जहाँ छन् बुद्धका आँखा..., हजार सपनाहरूको माया... लगायत कालजयी र कर्णप्रिय गीतले गीतसङ्गीत प्रेमीमाझ मात्र हैन नेपालीको मनमस्तिष्कमा उनलाई जीवन्त राखिरहने उल्लेख गर्दै राष्ट्रपति पौडेलले सन्देशमा आचार्यको निधनले नेपाली गीतसङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्।
राष्ट्रपतिको समवेदना सन्देश उनकी सुपुत्री अवज्ञा पौडेल र प्रेस सल्लाहकार किरण पोखरेलले आचार्यका परिवारजनलाई प्रदान गरेका थिए । वरिष्ठ गायक आचार्यको ८२ वर्षको उमेरमा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ फागुन २०८०, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि पेसालाई सम्मानित बनाउन नीतिगत सुधार आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल
कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति पौडेल
नेपाल खेलकुद र पर्यटनका लागि उर्वर भूमि हो : राष्ट्रपति पौडेल
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल