प्रधानमन्त्री हराउनुभयो, खोजी गर्न पर्‍यो : सांसद थापा

सफल खबर संवाददाता

शुक्रबार, १८ फागुन २०८०, १२ : १३
प्रधानमन्त्री हराउनुभयो, खोजी गर्न पर्‍यो : सांसद थापा

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले प्रधानमन्त्रीको खोजी गर्न उच्च स्तरीय समिति बनाउनु पर्ने हो कि भन्दै व्यङ्ग्य गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार संसद्प्रति जबाफदेही नभएको भन्दै प्रधानमन्त्रीलाई खोज्न उच्च स्तरीय समिति बनाउनु पर्ने हो की संसद स्थगित गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् । 

उनले भने, ‘लघुवित्त, सहकारी, मिटरब्याज पीडितहरू अहिले उपत्यकामा आउनु भएको छ, यस्तो अवस्थामा पनि सरकार जबाफदेही भएन, सरकार हरायो, प्रधानमन्त्री हराउनुभयो, प्रधानमन्त्रीको खोजी गर्न पर्‍यो त्यसको लागि यो संसदले उच्च स्तरीय समिति बनाउनु पर्ने हो की? संसद स्थगित गर्नुपर्ने हो की? कति दिन समय चाहिने हो ?’ 

सभामुखले रुलिङ गर्दा पनि प्रधानमन्त्री संसदमा नआएको भन्दै प्रधानमन्त्रीलाई संसदमा आएर जवाफ दिन कसले रोकेको भन्दै प्रश्न पनि उठाएका छन् । उनले भने, ‘आगामी बैठकमा प्रधानमन्त्रीले जवाफ दिने भनेर सभामुखले रुलिङ गरे पनि आज प्रधानमन्त्री आउने खबर पाएका छैनौ । यसरी हेर्दा सरकार संसद्प्रति जबाफदेही नभएको देखिन्छ, बालकुमारी घटनामा दोषी करार भएका सरकारी छानबिन समितिले नै दोषी ठहर गरेका मन्त्रीलाई राजीनामा गर्न राजीनामा नगरे बर्खास्त गर्न प्रधानमन्त्रीलाई के ले रोकेको छ । यो संसदमा आएर जवाफ दिन कसले रोकेको छ ।’ 

Tags :   

प्रतिक्रिया दिनुहोस