दाताको १३ करोडले त्रिविको मानवशास्त्र विभागमा खैलाबैला

पत्रपत्रिकाबाट

विहीबार, २८ भदौ २०७५, ०७ : ४३
दाताको १३ करोडले त्रिविको मानवशास्त्र विभागमा खैलाबैला

नेपालमा समावेशिताको अवस्था अध्ययन गर्न भन्दै युएसएडसँग लिएको १३ करोड रुपैयाँले त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागमा खैलाबैला मच्चिएको छ ।

मानवशास्त्र केन्द्रीय विभागका प्राध्यापकले अनियमित तरिकाले प्रोजेक्ट चलाएर रकम हिनामिना गर्न खोजेको भन्दै विद्यार्थीले विरोध गरेका हुन् ।

विभागमा पठनपाठन नै बन्द भयो । चर्को विरोधपछि विभागीय प्रमुखले राजीनामा नै दिनुपर्ने अवस्था आयो । प्रा.डा. लयप्रसाद उप्रेतीले विभागीय प्रमुखबाट राजीनामा दिएका हुन् ।

अहिले उपप्राध्यापक डा. डम्बर चेम्जोङलाई विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्रिवि कार्यकारी परिषद्बाट परियोजना सञ्चालनको स्वीकृति नलिएको, त्रिविलाई १० प्रतिशत रकम नदिएकोजस्ता विषयले विवाद बढाएको हो ।

विदेशी निकायसँग रकम लिएर परियोजना सञ्चालन गर्दा त्रिविबाट स्वीकृति लिनुपर्ने र त्रिविलाई १० प्रतिशत रकम दिनुपर्ने नियम छ । परियोजनाका लागि भन्दै आंशिक शिक्षकसमेत त्रिविको अनुमतिविनै नियुक्त गरिएको विद्यार्थीहरूको आरोप छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस