मेडिकल उपकरण निर्माणमा सहयोग गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

सफल खबर संवाददाता

विहीबार, १७ फागुन २०८०, २१ : ०९
मेडिकल उपकरण निर्माणमा सहयोग गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा नै मेडिकल उपकरण निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको आयोजनामा आजदेखि भुकृटीमण्डमा शुरु भएको सातौँ नेपाल मेडिकल एक्स्पोको उद्घाटन गर्दै उनले स्वदेशमा नै ‘मेडिकल’ उपकरण उत्पादन गर्न सरकारले सहयोग गर्ने बताएका हुन् ।  

मन्त्री श्रेष्ठले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सके विदेशिनबाट जोगिने भन्दै नयाँ प्रविधिको प्रयोगले बिरामीको उपचारमा सहयोग पुग्ने बताए । उनले एक्स्पाको माध्यमबाट नेपालको स्वास्थ्य क्षेत्रमा योगदान हुने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा अन्तरराष्ट्रिय लगानी भित्र्याउन नेपाली व्यवसायीको आत्मविश्वास बढाउनुपर्नेमा जोड दिएका छन् । 

प्रतिक्रिया दिनुहोस