काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दशैं–तिहारमा नेता र कर्मचारीका घरमा रक्सी पुर्याउने काम बन्द गर्न आग्रह गरेका छन् । व्यापारीले राज्यलाई कर तिरेपनि उनीहरू नेतासँगको सम्बन्धका कारण सम्मानित बन्न नसकेको उनले बताए ।
बिहीवार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले व्यापारीले नेता र कर्मचारीको घरमा उपहार पुर्याउने काम रोक्नु पर्ने बताएका हुन् । सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभागका अधिकारीलाई बोलाइएको बैठकमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका प्रमुखलाई पनि बोलाइएको थियो ।
‘विश्वमा अन्य देशमा ट्याक्सपेयरलाई सम्मानित नागरिकको रुपमा हेरिन्छ । तर नेपालमा नेतासँगको कनेक्सनका कारण व्यापारीलाई शंकाले हेरिन्छ । तपाईंहरूले दशैं–तिहारमा नेता–कर्मचारीको घरमा उपहार लैजान छाड्नु पर्यो । यो विषयमा खुलेर डिस्कस नगरे निजी क्षेत्रले मुक्ति पाउँदैन,’ उनले भने ।
सभापति लामिछानेले सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत लगेपछि दुवै निकायको उपादेयता समाप्त भएको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ फागुन २०८०, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा