चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर अस्पतलमा सालिम बिकको उपचार नपाएर भएको मृत्यु अत्यन्तै दुखद र गैह्र जिम्मेवारपुर्ण रहेको बताउनु भएको छ । बुधबार भरतपुर स्थित अस्पतालहरुका प्रतिनिधिहरु, अन्य सरोकारवालानिकायको भरतपुरमा सम्पन्न बैठकमा बौल्दै उहाँले मेडिकल सिटीको रूपमा विकास हँुदै गइरहेको भरतपुरमा सर्पदंसको उपचार नपाएर बिरामीको मृत्यु हुनु मेडिकल सिटीको बदनाम भएको धारणा राख्नुभयो । उपचारका क्रममा केही बिरामीहरूको मृत्यु हुन्छ तर यहॉ त बिरामी अस्पताल धाउँदा धाउँदै उपचार नपाएर मृत्यु भएकाले घटनाका दोशी चिकित्सकलाई कारवाही गर्न उहाँले निर्देशन दिनुभयो । ‘यो घटना बाट सरकारी र निजी सबै अस्पतालका संचालक र चिकित्सकहरू सचेत हुनुस आउँदा दिनमा यस्ता घटना महानगरपालिका भित्र सैह्य हुदैन’ प्रमुख दाहालले भन्नुभयो । प्रमुख दाहालले समयमै सर्व सूलभ र गुणस्तरीय उपचार सेवा पाउनु सम्पुर्ण नागरिकको नैसर्गिक अधिकार भएको बताउँदै सोही अनुरूप जिम्मेवार भएर काम गर्न स्वास्थ्यकर्र्मीहरूलाई आग्रह गर्नुभयो । प्रमुख दाहालले भरतपुरका स्वास्थ्य केन्द्रहरूको सेवाप्रवाहमा गुनासाहरू प्रशस्तै आउने गरेको बताउँदै आगामि दिनहरूमा गुनासा नआउने गरी काम गर्न आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको अधक्ष्यतामा सम्पन्न बैठकले भरतपुर अस्पतालको प्रमुख लापरवाहीका कारण सलिम बिकको मृत्यू भएको छानविन गर्न जिल्ला जनस्वास्थ्य समन्वय एकाईका प्रमुख विजय झाको संयोजकत्वमा तेह्र सदस्यि छानविन समिति गठन गरिएको छ । तीन दिनको समय दिइएको छानविन समितिले भरतपुर अस्पताल र अन्य निजि अस्पतालहरुले सलिम बिकको उपचारमा पु¥याएको गल्तिको छानविनको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बझाउने छ । समितिलाई गल्ति गर्ने चिकित्सकलाई कारवाही र मृतक परिवारलाई गर्नुपर्ने क्षतिपूर्तिको समेत सिफारिस गर्नेछ ।
बैठकमा नेपाली कांग्रेसका सभापति जितनारायण श्रेष्ठ, नेकपाका नेता यमबहादुर परियार, तेजेन्द्र बहादुर खड्का, उपभोक्ता हित संरक्षण मंचका उपाध्यक्ष पुस्प धिताल, निजि अस्पतालका प्रमुख प्रतिनिधि, पत्रकार महासंघका उपाध्यक्ष नारायण प्रसाद अधिकारी लगायतले सलिम बिकको उपचारमा भएको लापरवाही दुखद र गम्भिर भएको बताएका थिए ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सेवा प्रवाहमा कुनै सम्झौता गर्न नसकिने बताउँदै सबै निकायहरूलाई समन्वय गरेर अगाडी बढ्न आग्रह गर्नुभयो ।
भरतपुर अस्पतालका मेसु रबिन खड्काले सलिम बिकको उपचारमा भरतपुर अस्पतालबाट गम्भिर मानविय त्रुटी भएको स्विकार गर्नुभयो । उहाँले भन्नु भयो ‘भरतपुर अस्पताल सर्पदंस उपचारको केन्द्र नै हो, अस्पतालले यसमा थुप्रै सकारात्मक प्रयास गरिरहेको छ तर यस घटना मानविय त्रुटीका कारण दुखद हुन पुग्यो ।’
प्रतिक्रिया दिनुहोस