बैंकको ब्याजदर एक अकंमा झार्ने अर्थमन्त्री महतको दाबी

सफल खबर संवाददाता

बुधबार, १६ फागुन २०८०, १८ : ४९
बैंकको ब्याजदर एक अकंमा झार्ने अर्थमन्त्री महतको दाबी

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकको ब्याजदर एक अकंमा झर्ने बताएका छन् । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा उद्योग वाणिज्य संघ नवलपरासीले आयोजना गरेको औद्योगिक व्यापार मेला-२०८० उद्घाटन गर्दै महतले यस्तो बताएका हुन् ।

‘मैले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा मुलुकको अर्थतन्त्र निकै नै कमजोर हालतमा थियो, अहिले अर्थतन्त्र खतरामुक्त छ,’ उनले भने, ‘१७-१८ प्रतिशतको ब्याजदर अहिले ११ प्रतिशतको हाराहारीमा छ । अब केही समयमा नै ब्याजदर एक अकंमा झर्नेछ ।’

राजस्व संकलन, विदेशी पर्यटकको संख्या बढेको र मूल्यवृद्धि घट्दो अवस्थामा भएकाले ढुक्क भएर लगानी गर्न उद्योग व्यवसायीलाई अर्थमन्त्री महतले आग्रह गरेका छन् । महेषपुर भन्सार नाका मूल भन्सारमा परिणत भए पनि लक्ष्यअनुसार राजस्व संकलन नभएको भन्दै उनले राजस्व वृद्धिका लागि क्वारेन्टाइन, सडक पूर्वाधार विकासका लागि आगामी बजेटमा समावेश गरिने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस