काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ । महोत्तरीको बर्दिबासमा फागुन २७ गतेदेखि २९ गतेसम्म सो पार्टीको केन्द्रीय समिति बैठक बस्न लागेको हो ।लोसपाबाट सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेताहरू अलग भइसकेका छन् । नेता महतोले आफ्नो अभियान सञ्चालन गरिरहेका बेला लोसपाले केन्द्रीय समिति बैठक बोलाएको हो ।
पार्टीलाई सुदृढीकरण गर्दै संगठन विस्तारको कामलाई तीव्रता दिने उद्देश्यले यो बैठक बोलाइएको सो पार्टीले जनाएको छ । यसअघि संगठन सुदृढीकरणका लागि लोसापले विभिन्न कार्यदल बनाएको थियो । ती कार्यदलले आ–आफ्नो प्रतिवेदन तयार गरिसकेका छन् । ती प्रतिवेदनको बारेमा पनि केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ । स्रोतका अनुसार बैठकले केन्द्रीय समिति तथा पदाधिकारी हेरफेर गर्ने तयारी समेत गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ फागुन २०८०, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपा नेपालको महाधिवेशन अनिश्चित
लोसपा जिल्ला अध्यक्षसहित ६५ जना माओवादी केद्रमा प्रवेश
मधेशी दलहरूको एकता संवादलाई निष्कर्षमा पुर्याउन लोसपाले बनायो उच्चस्तरीय समिति
एकताको पहल गर्न लोसपाले पनि बनायो ५ सदस्यीय कार्यदल
लोसपाले वितरण गर्दैछ पाँच लाख सदस्यता
लोसपाको सदस्यता वितरण अभियान सुरु