सेन्ट्रल कलेजद्वारा जापान जान सिओई पाएका छ सय बढी विद्यार्थीलाई बधाई तथा सम्मान

सफल खबर संवाददाता

बुधबार, १६ फागुन २०८०, १३ : ५१
सेन्ट्रल कलेजद्वारा जापान जान सिओई  पाएका छ सय बढी विद्यार्थीलाई बधाई तथा सम्मान

भरतपुर । जापानमा उच्च शिक्षा अध्ययनका लागि प्रोसेस गरेर (सिओर्ई) प्राप्त गरेका छ सय बढी विद्यार्थीलाई सेन्ट्रल कलेजले बधाई तथा सम्मान गरेको छ । चितवन र नवलपुरका विद्यार्थीलाई कलेजले मंगलबार नारायणगढमा एक भव्य कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।

कलेजबाट भाषा कक्षा लिएर प्रोसेस गरेका ९५ प्रतिशत विद्यार्थीले अध्ययनका लागि अनुमति (सिओई) प्राप्त गरेको कलेजका प्रिसिन्पल यज्ञ विलास (वाइबी) पौडेलले जानकारी दिए । बिगत डेढ दशकदेखि उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीहरुको चाहाना पूरा गर्दै आइरहेको कलेजले अप्रिल इन्टेक २०२४ का लागि उत्कृष्ट नतिजा हासिल गरेको पौडेलले बताए। उनले यति धेरै सफलता पहिलो पटक मिलेको भन्दै यसले थप उत्साह बढेको बताए ।

कार्यक्रममा प्रिन्सिपल पौडेलले विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरे । उनले सिओर्ई प्राप्तपछि गर्नुपर्ने अन्य प्रकृयाका बारेमा विद्यार्थीलाई जानकारी दिए । अझै धेरै विद्यार्थीको रिजल्ट आउन बाँकी रहेको सेन्ट्रल कलेज चितवनले जनाएको छ । पछिल्लो समय सेन्ट्रल कलेज जापान जानका लागि उत्कृष्ट र विश्वासिलो परामर्श केन्द्रको रुपमा स्थापित भएको छ । कलेजले सिओई प्राप्त पोखरा, बुटवल र हेटौँडाका विद्यार्थीका लागि छिट्टै बधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।

सिओर्ई प्राप्त गरेका विद्यार्थीको एक प्रतिशत काम मात्रै बाँकी रहन्छ । हामीले सिओर्ईलाई भिसा बराबरको सफलता मान्छौँ’, पौडेले भने, ‘सेन्ट्रल कलेजले हजारौँलाई सफलता दिन सफल भएको छ । करिब ९५ प्रतिशत भन्दाबढी सक्सेस रेट दिन सकेको छ ।’ सिओर्ई प्राप्त भएपछि काठमाडौँस्थित जापानिज दुतावासमा विद्यार्थीको अन्तरवार्ता र पासपोर्टमा छाप लगाउने काम मात्र बाँकी रहने उनले बताए । जापनिज भाषाका टेष्टहरुमा पनि कलेजमा अध्यनन गरेका विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेको उनको भनाइ छ । ‘सिओर्ई प्राप्त गरेपछि पनि विद्यार्थीलाई जापान पठाएर त्यहाँ सेटलमेन्टसम्मको जिम्मा हामीले नै लिन्छौँ’, उनले भने ।

सेन्ट्रल कलेजले जापानका टोकियो, ओसाका, नागोया, फुकुओका, हिरोसिमा, वकिनवा, सेन्दाई, लगायतका विभिन्न सहरहरुमा विद्यार्थी पठाउँदै आइरहेको छ । कलेजले परामर्श, भाषा कक्षा, अप्लाई गर्ने र जापानको विद्यालयमा भर्ना गराउन सहयोग गर्ने लगायत विद्यार्थीलाई उक्त ठाउँमा पु¥याउने व्यवस्था गर्ने गरेको प्रिन्सिपल पौडेलले बताए । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत सञ्चालन गरिसकेको छ ।

सेन्ट्रल कलेजमा भाषा कक्षा अध्ययन गर्न चाहनेले कलेजको मुख्य कार्यालय भरतपुर ओरालो र अन्य शाखा कार्यालयहरु सौराहा चोक (टाँडी), कावासोती, बुटवल, पोखरा, दमौली, हेटौँडा र काठमाडौँ लगायतका ठाउँहरुमा पनि सम्पर्क गर्न सक्नेछन् । कलेजले जापानसँगै अष्ट्रेलिया, क्यानडा, युके, युएसए, दुबई, दक्षिण कोरिया र युरोपका विभिन्न देशहरुमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइइएलटिएस, पिटिइ, टोफल, अंग्रेजी, जापनिज र कोरियन भाषा कक्षा तथा होटल प्राविधिकसँगै कम्प्युटरका कक्षा सञ्चालन सँगै परामर्श र भिजा प्रोसेसिङका काम समेत गरिरहेको छ ।

विद्यार्थीका लागि निःशुल्क बस सेवा सञ्चालन गरिरहेको कलेजले नारायणगढको ओरालोमा आफ्नै भवन निर्माण गरेर सेवा दिन थालेको छ । कलेजले टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीका लागि हास्टेलको समेत व्यवस्था गरेको जनाएको छ ।