काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशभित्रै रोजगारी सिर्जना गर्नेलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन्। देशभित्रै उच्च पारिश्रमिक दिने गरी रोजगारी सिर्जना गर्न उपयुक्त वातावरण बनाउनुपर्ने पनि थापाको भनाइ छ।
नेपाल इञ्जिनियर्स एसोसियसन र इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको संयुक्त आयोजनामा ‘नेपालमा इञ्जिनियरका लागि रोजगारीको अवसर’ विषयक अन्तर्क्रियामा बोल्दै थापाले धेरै पारिश्रमिक दिने रोजगारीको प्रबर्द्धन गर्नुपर्नेमा जोड दिए।
‘धेरै तलब दिने रोजगारी सिर्जना हुँदा त्यसले अरू रोजगारी आफैँ सिर्जना गर्छ,’ उनले भने। नेपालमा इञ्जिनियरिङ क्षेत्रले रोजगारीको अवसर सिर्जना गरिरहेको भन्दै उनले थप रोजगारी सिर्जना गर्न आवश्यक नीतिगत सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ फागुन २०८०, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षाको प्रमुख चुनौती दलीयकरण रहेको गगन थापाको दाबी
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा