काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशभित्रै रोजगारी सिर्जना गर्नेलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन्। देशभित्रै उच्च पारिश्रमिक दिने गरी रोजगारी सिर्जना गर्न उपयुक्त वातावरण बनाउनुपर्ने पनि थापाको भनाइ छ।
नेपाल इञ्जिनियर्स एसोसियसन र इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको संयुक्त आयोजनामा ‘नेपालमा इञ्जिनियरका लागि रोजगारीको अवसर’ विषयक अन्तर्क्रियामा बोल्दै थापाले धेरै पारिश्रमिक दिने रोजगारीको प्रबर्द्धन गर्नुपर्नेमा जोड दिए।
‘धेरै तलब दिने रोजगारी सिर्जना हुँदा त्यसले अरू रोजगारी आफैँ सिर्जना गर्छ,’ उनले भने। नेपालमा इञ्जिनियरिङ क्षेत्रले रोजगारीको अवसर सिर्जना गरिरहेको भन्दै उनले थप रोजगारी सिर्जना गर्न आवश्यक नीतिगत सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ फागुन २०८०, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा
विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ : गगन थापा
‘हामी न झुक्छौँ, न झुकिन्छौँ’: गगन थापा