‘हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्छ’

सफल खबर संवाददाता

बुधबार, १६ फागुन २०८०, १० : ३५
‘हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्छ’

कर्णाली । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्ने बताएका छन् ।

हुलाक सेवा विभाग काठमाडौंद्वारा मङ्गलबार वीरेन्द्रनग सुर्खेतमा आयोजित ‘एक स्थानीय तह एक हुलाक’सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले हुलाकलाई आजको युग सुहाउँदो संरचनामा लैजानुपर्नेमा जोड दिए । उनले भने, ‘सूचना र प्रविधिको उच्चतम विकास भइरहेका बेला हुलाक ग्राहक सेवा कार्यालयभन्दा माथि उठ्न सकेको छैन । खारेज गर्ने होइन, हुलाक सेवामा गुणस्तर र छरितोपन ल्याउनुपर्दछ ।’

विभागका महानिर्देशक प्रदीपराज अधिकारीले हुलाक सेवामा बिग्रेको ठाउँमा सच्याउन नसक्दा, काम र विश्वसनीयताका विषय बाहिर नआउँदा यसको आकर्षण घटेको हो । ‘अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर हुलाकलाई उद्योग र व्यवसायका रूपमा लिनुपर्दछ’, उनले भने, ‘कानुन तथा व्यवस्था सञ्चालनका लागि हुलाक अतिआवश्यकीय महत्त्वपूर्ण सेवा हो ।’

अदालत, मालपोतलगायतका आधिकारिक र महत्त्वपूर्ण काजगाजतबाहक निकाय हुलाक कुरियर्सजस्तो नभई नागरिकका निम्ति सस्तो र भरपर्दो सेवा भएको महानिर्देशक अधिकारीको जिकिर थियो । महत्व भएर पनि यसको इतिहास, विरासत र आजको कामका बारेमा दर्शाउन नसक्दा हेपाहा दृष्टिले हेरिए पनि हुलाक सेवालाई सरकारी मञ्चका रूपमा ठान्न सरोकारवालालाई उनले आग्रह गरे ।

कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारुले विश्वमा हुलाक सेवाको दायरा फराकिलो हुँदा पनि राज्यले यसलाई सन्तुलनमा राख्न नसक्दा नेपालमा कामयावी नभएको जस्तो देखिएको टिप्पणी गरे । उनले भने, ‘राजस्व लिएर हुलाकले गुणस्तर सेवा दिनुपर्दछ ।’ हुलाक पालिकास्तरमा पुग्दा तीनै तहका सरकार

प्रतिक्रिया दिनुहोस