धितोपत्र बोर्डको अध्यक्षको लागि दरखास्त आह्वान

सफल खबर संवाददाता

बुधबार, १६ फागुन २०८०, १० : २९
धितोपत्र बोर्डको अध्यक्षको लागि दरखास्त आह्वान

काठमाडौ । अर्थ मन्त्रालयले रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त आह्वान गरेको छ। 

अर्थ मन्त्रालय धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समितिले आज सूचना जारी गर्दै योग्यता पुगेका इन्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो। 

आजदेखि १५ दिनसम्म (फागुन ३०सम्म) कार्यालय समयभित्र अर्थ मन्त्रालयको सम्बन्धित शाखामा गई गोप्य खापबन्दी गरेर दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। 

प्रतिक्रिया दिनुहोस