काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सुनिलकुमार सिंहलाई दोषी ठहर गरेको छ । खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सिंहलाई दोषी ठहर गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।
सम्पत्ति शुद्धीकरण विभागले अपहरण तथा शरीर बन्धक गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सिंह र मिना कार्कीविरुद्ध विशेष अदालतमा २०७९ फागुन २४ गते मुद्दा दायर गरेको थियो ।
कार्कीलाई मतियारका रूपमा दोषी ठहर गरिएको छ । सजाय निर्धारणका लागि फागुन २४ गते पेशी तोक्न पनि आदेश भएको प्रवक्ता कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ फागुन २०८०, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवहेलनाको प्रतिवेदन सुनुवाई गर्न विशेष अदालतमा सबै न्यायाधीशको इजलास गठन
मेलम्चीको पाइप फुटेर भेल पसेपछि विशेष अदालतको सुनुवाइ रोकियो
कुर्मीको शैक्षिक प्रमाणपत्र नक्कली भएको विशेष अदालतको ठहर