काठमाडौं । बाराको निजगढमा शंकास्पद वस्तु विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । तीन जना घाइतको उपचार भइरहेको छ ।
निजगढ नगरपालिका ७ मा रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसपमा ग्याँस वेल्डिङ गर्ने क्रममा सोमबार मध्याह्न विस्फोट भएको थियो । विस्फोटमा परी घाइते भएका वीरगञ्ज -९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको छ ।
वर्कसप सञ्चालक ४५ वर्षका रेशम, भारतका राकेश जैसवाल र वीरगञ्ज -९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममै सोमबार मृत्यु भएको थियो । तीन जना घाइतेको उपचार भइरहेको छ । निजगढ का सूर्यबहादुर थापाको सामुदायिक प्रसूति गृह अस्पतालमा उपचार भइरहेको छ भने वीरगञ्जका फिरोद देवान र भारतका अरविन साहको बयोधामा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ फागुन २०८०, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारामा बरामद शव प्रहरी भान्सेको भएको खुलासा
बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाईते
बाराको पसाहा पुल नजिकै बस दुर्घटना, १३ जना घाइते