गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

सफल खबर संवाददाता

सोमबार, १४ फागुन २०८०, १८ : ५४
गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए ।

भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेको संगीतकार सापकोटाले बताए । संगीतकार हरि लम्सालका अनुसार अपराह्न साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज र लम्सालले उनलाई मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो । गत दशैंमा लडेर उनको टाउकोमा चोट लागेको थियो ।

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस