धनगढी । बझाङमा छिमेकीको हत्या गरेको आरोपमा बाबुछोरालाई पक्राउ गरिएको छ । जयपृथ्वी नगरपालिका-७ सुबेडाको किमतोलीका ४० वर्षीय रामप्रशाद जोशीको हत्या गरेको अभियोगमा ४८ वर्षीय जयबहादुर हमाल र उनका २९ वर्षीय छोरा जनक हमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत शाहले आइतबार दिउँसो मदिरा सेवन गरेर बाबुछोराले जोशीमाथि कुटपिट गरेको बताए । कुटपिटबाट घाइते जोशीको राति उपचारका क्रममा मृत्यु भएको थियो ।
आपसी विवादका क्रममा जोशीमाथि कुटपिट भएको बताइएपनि विस्तृत कारण भने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । मृतक जोशीको शव परीक्षणका लागि जिल्ला अस्पताल बझाङमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ फागुन २०८०, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
फरार कैदीबन्दी रुपन्देहीबाट पक्राउ