निर्मला हत्याकाण्डको छानविन समितिमा फर्किए केसी

सफल खबर संवाददाता

बुधबार, २७ भदौ २०७५, १३ : ४७
निर्मला हत्याकाण्डको छानविन समितिमा फर्किए केसी

काठमाडौ ः कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनाका लागि बनेको सरकारी उच्चस्तरीय छानबिन समितिबाट राजिनामा दिएका वीरेन्द्र केसीले राजीनामा फिर्ता गरी जिम्मेवारीमा फर्केको बताएका छन् । 
भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया पन्तले न्याय पाउनेमा शंका लागेको भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव समेत रहेका केसीले राजीनामा दिएका थिए।

आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आफूले राजीनामा फिर्ता लिएको बताए ।
राष्ट्र सेवकको रूपमा मलाई प्राप्त अवसरमा पुनस् संलग्न रही निष्पक्ष रूपमा छानबिन गरी योगदान गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गर्दै आफू फर्केको उनले बताए । 

प्रतिक्रिया दिनुहोस