अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

सफल खबर संवाददाता

आइतबार, १३ फागुन २०८०, १६ : ५०
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम। अछाममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्धा घाइते भएकी छिन् ।आज दिउँसो कमलबजार नगरपालिका–७ बस्ने ६६ वर्षीय वृद्धा हीरादेवी अधिकारीलाई बँदेलले आक्रमण गरेको हो ।

घरबाट करिब आधा किलोमिटर टाढा रहेको पत्थरिया खान जङ्गलमा बाख्रा चराउने क्रममा जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

घाइते अधिकारीको कमलबजार स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेतमा पठाइएको प्रनाउ पाठकले बताए ।बँदेलको आक्रमणबाट उनको कम्मरमा गहिरो चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस