काठमाडौँ । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार बिहानै एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका-१० का ३४ वर्षीय दिलिप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चौधरी ना ४५ प ७७९८ नम्बरको मोटरसाइकलमा सुर्तनाबाट खैरहनी-१० कै कठार जाँदै थिए । तर, बाटोमा उनी चढेको मोटरसाइकल पल्टिएको र खुट्टा च्यापिएको अवस्थामा स्थानीयले भेटाएपछि बिहान पौने ६ बजे प्रहरीलाई खबर गरेका थिए ।
दुर्घटनामा चौधरीको मृत्यु भएको र वरपर अर्को सवारी नदेखिएका कारण कसरी दुर्घटना भयो भन्नेबारे यकिन नभएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ फागुन २०८०, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु
दाङ र कैलालीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
रौतहटमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु