पाँच नेता लोसपाको केन्द्रीय सचिवालयमा मनोनयन

सफल खबर संवाददाता

शुक्रबार, ११ फागुन २०८०, १० : ३२
पाँच नेता लोसपाको केन्द्रीय सचिवालयमा मनोनयन

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पाँच नेतालाई  केन्द्रीय सचिवालयमा मनोनयन गरेको छ । अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै विभिन्न पदमा पाँच नेतालाई मनोनयन गरिएको जानकारी दिएका हुन् । 

संशोधित विधान अनुसार पार्टीको केन्द्रीय कार्यालय व्यवस्थापन, सञ्चालन तथा पार्टीको निर्णय कार्यान्वयन गर्ने उद्देश्यले पाँच सचिवालयमा मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ । 

नयाँ मनोनयन अनुसार निर्जला राउतलाई केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । त्यस्तै डा सुरेन्द्र कुमार झालाई केन्द्रीय महासचिव, कविन्द्रनाथ ठाकुरलाई केन्द्रीय महासचिव तथा कोषाध्यक्ष,  ज्ञानेन्द्र कुमार झालाई केन्द्रीय महासचिव, विनोद कुमार सिंहलाई केन्द्रीय महासचिव, डा आभास लाभलाई केन्द्रीय प्रवक्ता र प्रदीप कुमार पाठकलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस