चितवन । नेपाल प्रेस युनियनको नबनिर्मित भवनको भरतपुर महानगरपालिकाका प्रमुख सहित जनप्रतिनिधि र उच्च कर्मचारीहरुले आज निरिक्षण गर्नु भएको छ । महानगरपालिकाको वडा नम्बर ११ गोर्खालि टोलमा निर्माण गरिएको सो भबनको प्रमुख रेनु दाहाल, उपप्रमुख पार्बति शाह, कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदी, वडा अध्यक्षहरु चन्द्रमित्र पण्डीत, अरुणपिडित भण्डारी, पदमपाणी सुवेदी, हरिबिलास कोईराला, चित्रसेन अधिकारी सहितको टोलीलले निरिक्षण गरेको हो ।
समाजसेबि मैयादेबि श्रेष्ठले उपलव्ध गराएको जग्गामा युनियनले भबन निर्माण गरेको हो । भवनको असोज महिनामा उद्घाटन गर्ने कार्यक्रम रहेको युनियनका सचिब अनिल ढकालले वताउनु भयो । भवन निर्माणका लागि जिल्लाबाट प्रतिनिधित्व गरेका संबिधान सभाका सांसदहरु, स्थानिय निकाय, बृतचित्र बिशेष प्रदशनि र दाताहरुबाट सहयोग जुटाईएको युनियनका सहसचिब प्रस्ताब सुवेदीले जानकारी दिनु भयो । भबनमा झण्डै १ सय ५० जना अट्ने सभाहल, कार्यालय कक्ष लगाएत रहेको छ ।
प्रतिक्रिया दिनुहोस