काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले प्रतिपक्षको कुरा नसुन्ने हो भने संसद अवरुद्ध हुने चेतावनी दिएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले यसरी सदनको कुरा नसुन्ने हो भने सदन मात्रै होइन सडक पनि अवरुद्ध हुने भन्दै सरकारले प्रतिपक्षले सदन चल्न दिएन भनेर दोष लगाउन नपाउने बताए ।
उनले भने, ‘सरकारलाई चेतावनी पनि दिन चाहन्छु, यसरी प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद अवरुद्ध पनि हुन्छ । आन्दोलन पनि हुन्छ । तर सरकारले प्रतिपक्षले सदन चल्न दिएन भनेर दोष लगाउन पाउने छैन । यसरी नै सरकारले अनुसन्धान गर्ने हो भने सदन मात्रै होइन सडक पनि अवरुद्ध हुन्छ । यसको साथै मिटर ब्याजीको पनि उत्तिकै कुरा उठेको छ यस्तो कुराहरूको समाधान छिटोभन्दा छिटो भएन भने हामी प्रतिपक्षको तर्फबाट जे पनि गर्न सक्छौ ।’
यस्तै, उनले बालकुमारी घटनाबारे शंकाको सुविधा दिँदा पनि प्रधानमन्त्रीले केही नगरेको भन्दै संसद्प्रति सरकार जबाफदेही नभएको बताए । उनले भने, ‘बालकुमारी घटनाको बारेमा हामीले शंकाको सुविधा दिएर प्रधानमन्त्रीले प्रतिवेदन पढ्नुहुन्छ र केही गर्नहुन्छ भन्ने अपेक्षा गरिएको थियो ।
अझसम्म केही भएको छैन । त्यो प्रतिवेदनको उहाँको अध्ययन कहाँ पुग्यो ? तीन दिन भइसकेको छ त्यो प्रतिवेदन के भयो ? यो दण्डहीनताको पराकाष्ट हो, संसद्प्रति नै सरकार जबाफदेही हुँदैन भने मुलुकले कस्तो, नेतृत्व पाइरहेको छ । प्रतिवेदन कति लामो छ, पढ्न गाह्रो लागेको भए यहाँ हामी वाचन गरेर सुनाईदिन्छौ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सकलाई मेडिकल कलेज सञ्चालकको धम्की : आन्दोलन नरोकेसम्म भत्ता दिँदैनौं
आन्दोलन थप चर्काउने शिक्षकहरूको चेतावनी, आज पनि वार्ताको तयारी
शिक्षकहरूमाथि प्रहरीले हान्यो पानीको फोहरा
ट्रम्प नीतिविरुद्ध यसरी सुरु भयो अमेरिकाभर ‘ह्यान्डस अफ’ आन्दोलन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइकर्मीको आन्दोलन, फोहरका थुप्रोले यात्रु हैरान
आन्दोलनका लागि देशभरिका शिक्षकहरू काठमाडौं आइपुगे